Pages

Wednesday, March 18, 2020

मैले Video Edit यसरी गर्ने गर्छु ।

नमस्ते यहाँहरूलाइ स्वागत छ । जाे शुरूवातकर्ताहरू हुनुहुन्छ उहाँहरूले KineMaster App बाट कसरी भिडियाे Edit गर्ने भन्ने बारेमा स्टेप बाइ स्टेप हेर्नसक्नुहुनेछ । केही सल्लाह सुझाव भएमा कमेन्ट बक्समा लेख्न नभुल्नुहाेला । मन परे भिडियाे लाइक शेयर गरिदिनुहाेला । Thank You.

Thursday, March 12, 2020

युट्युवमा कसरी भिडियाे अपलाेड गर्ने ।

नमस्ते यहाँहरू सबैमा
तपाइ यदी युट्युवकाे सुरूवात गर्दै हुनुहुन्छ भने युट्युव वारे जानकार हुन अत्यन्तै जरूरी छ । तसर्थ मैले तपाइहरूमाझ वेसिक लेभल देखी युट्युव सम्बन्धी च्यानल कसरी बनाउने भन्ने वारेमा याे भन्दा अगाडि नै जानकारीमुलक भिडियाे ल्याइसकेकाे छु र च्यानल बनाइसकेपछी भिडियाे कसरी अपलाेड गर्ने भन्ने वारेमा स्टेप वाइ स्टेप नेपाली भर्सनमा भिडियाे बनाएकाे छु कृपया भिडियाे हेर्न सक्नुहुनेछ । धन्यवाद ।

Tuesday, March 10, 2020

Brand Youtube Channel Account कसरी बनाउने ।

नमस्ते यहाँहरूलाइ स्वागत छ मेराे व्लगमा । Youtube Channel कसरी बनाउने भन्ने बारेमा स्टेप बाइ स्टेप हेर्न सक्नुहुन्छ । जसले च्यानल बनाउनु भएकाे छैन । जाे ब्यवसायिक रूपमा च्यानल बनाउन चाहानुहुन्छ उहाँहरूकाे लागि याे भिडियाे एकदमै महत्वपुर्ण हुनेछ ।

Thursday, March 5, 2020

इन्टरनेट प्रविधिकाे विकास संगै घरवाटै सम्पुर्ण काम।

करिव १५ वर्षअघि नेपालमा हामि प्राय सवैको हातमा मोवाईल थिएन होला । आज हेर्नुस मोवाईल नवोक्ने सायदै एकदमै कमै छौँ । अझ मोवाईलको विकास संगै स्र्माट फोनहरु प्रायः सवैको हात हातमा छ, इन्टरनेट चलाउन पाईरहेका छौँ ।
कम्प्युटरको काम गर्ने मोवाईलहरु विकास भइसकेका छन । इन्टरनेट प्रविधिले हामीलाई कति नजिक र समयको व्यवस्थापन गरेको छ कि घरमै वसेर संसार हेर्न पाईरहका छौँ । 
  • घरमै वसरे विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय अनलाईन कम्पनीहरुसंग जोडिएर काम गरि आम्दानी गरिरहेका छौँ ।
  • घरमै वसेर आँफलाई चाहिएको जुनसुकै सामान अर्डर गरि घरमै आईपुगेको छ । 
  • घरमै वसेर विधुत, पानी, इन्टरनेट, टेलिफोन विल तिरिरहेका छौँ । 
  • घरमै वसेर विभिन्न अनलाईन कोर्सहरु, सिपमुलक कोर्सहरु पढ्न र सिक्न पाईरहेका छौँ । 

समयलाई कति वचत गरेको छ त इन्टरनेट प्रविधिले ? त्यसकारण अवको युग भनेको इन्टरनेट प्रविधिको युग हो । सम्पुर्ण कुराहरु घरमै वसेर गर्न सकिन्छ । त्यसैले आजको यो युगमा इन्टरनेटको एकदमै महत्व रहेको छ । यसलाई सहि सदुपयोग गर्न जान्यो भने समयको वचत, कुनै पनि सामान या पेमेन्ट गर्नुपर्यो भने सम्वन्धित ठाँउ सम्म धाउनु नपर्ने, अनलाईन सम्वन्धि काम सिक्यो भने घरमै वसेर आम्दानी गर्न सकिने जागिरको लागि धाउनु नपर्ने । वस हामी संग मात्र कम्प्युटर र इन्टरनेट हुनुपर्यो   ।



त्यस कारण प्रविधि कति दु्रत गतिमा वढिरहेको छ त ?
सवैले कम्प्युटर प्रयोग गरिरहेका छौँ । गाउँ गाउँमा इन्टरनेट विस्तार भईरहेको छ ।
अवको १० वर्ष पछि प्राय सम्पुर्णको घरमा इन्टरनेट, कम्प्युटर हुने कुरालाई नकार्न सकिने अवस्था रहेन । इन्टरनेट , कम्युटर प्रयोग नगर्ने सायदै कमै हुनेछौँ ।
भविष्यलाई हेर्ने हो भने सम्पुर्ण कामहरु घरमै वसेर अनलाईनवाटै हुनेछन ।  तपाई पनि इन्टरनेट प्रविधीलाई सही सदुपयोग गरि घरमै वसेर काम गर्न चाहानुहुन्छ भने सम्पर्क गर्नुहोला ।